सडक निर्माणमा रकम हिनामिना गरेको आरोपमा दुई इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा
काठमाडाैं | फागुन ८, २०७९
काठमाडौं: सडक निर्माणका क्रममा रकम हिनामिना गरेको आरोपमा दुई इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तरगत २०७६/०७७ मा दैलेखको गुराँस गाउँपालिका वडा नं ६ स्थित निगालपानी रेग बगौरा सडक निर्माणका क्रममा रकम हिनामिना गरेको आरोपमा तत्कालिन इञ्जिनियर सरोज कुमार दाहाल र सब इञ्जिनियर नविन कुमार विसीविरूद्ध मुद्दा दायर गरेको हो।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले अनुसन्धानका क्रममा सडक निर्माणका क्रममा रकम हिनामिना गरेको पाइएकोले दुवैजनाविरूद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको जानकारी दिए।
दुवैजनाले आपसी मिलेमतो गरी सडक निर्माणका योजना सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरीत झुट्टा विवरण पेश गरी प्रतिवेदन समेत तयारी गरी मापदण्ड अनुसार सडक निमार्ण भएको भनी बदनियतपूर्वक काम गरेको पाइएको अख्तियारको ठम्याइ छ।
पक्राउ परेका दुवैजनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको सजाय मागदावी गरिएको अख्तियारले जनाएको छ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

